नियम ७०
असल नियतले सामूहिक सौदाबाजी वा सम्झौता गर्नु पर्ने
: (१) ट्रेड युनियन वा सौदाबाजी समितिले रोजगारदाता वा रोजगारदाता संघ समक्ष सामूहिक माग दाबी प्रस्तुत गरेपछि दुवै पक्षले सामूहिक सौदाबाजी र सम्झौता गर्दा असल नियतले गर्नु पर्नेछ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “असल नियत” भन्नाले देहायका कुरा सम्झनु पर्छ:-
(क) वार्ताको लागि तोकिएको मिति, समय र स्थानमा उपस्थित हुने ,
(ख) वार्ता तथा सम्झौताका लागि आफूले पाएको अख्तियारी तथा अन्य आवश्यक कुरा वार्ताको समयमा प्रष्ट पार्ने,
(ग) दाबीकर्ताले आफ्नो दाबी र सो पुष्टी गर्ने आधार तथा रोजगादाता वा रोजगारदाता सङ्गठनले आफ्नो प्रतिवाद वा सोको पुष्टी गर्ने आधार प्रस्तुत गर्ने,
(घ) एक पक्षले राखेको प्रस्तावलार्इ अर्को पक्षले गम्भीरता पूर्वक सुन्ने र त्यसमा शिष्टतापूर्वक आफ्नो प्रतिक्रिया वा टिप्पणी राख्ने,
(ङ) वार्ता गर्दा खुला, पारदर्शी र इमान्दारी साथ गर्ने, वार्ताको क्रममा सहमती भएको र नभएको विषय खुलाई प्रत्येक बैठकको माइन्युट तयार गर्ने,
(च) वार्तामा प्रस्तुत हुँदा मर्यादित र अनुशासित तवरले प्रस्तुत हुने, एकपक्षले अर्को पक्षलाई झुक्याउने वा दु:ख दिने नियतले कुनै कार्य नगर्ने,
(छ) एक पक्षले अर्को पक्षलाई अप्ठ्यारो पार्ने नियतले नयाँ दाबी वा शर्त थप नगर्ने,
(ज) वार्ता प्रक्रिया शुरू भएपछि वार्ता वा सौदाबाजी प्रक्रियामा सहभागी हुन अस्वीकार नगर्ने ,
(झ) समस्या समाधान गर्ने उद्देश्यले वार्ता गर्ने र सौदाबाजी प्रक्रियामा सामेल हुने,
(ञ) अर्को पक्षले दिएको सूचना तथा जानकारी तथा प्रस्ताव माथि पूर्वाग्रही नभई विचार गर्ने र त्यसमा कुनै गलत तथ्य वा सूचना भएमा शिष्टता पूर्वक खण्डन गर्ने र सत्य तथ्यबारे अर्को पक्षलाई जानकारी दिने,
(ट) अर्को पक्षका आधिकारिक प्रतिनिधिसँग अनिवार्य वार्ता गर्न र खास प्रतिनिधिसँग मात्र वार्ता गर्न वा नगर्न अडान नराख्ने ।
(२) उपनियम (१) बमोजिम असल नियतले वार्ता गर्ने प्रयोजनको लागि रोजगारदाताले देहायका कुराको प्रबन्ध गर्नु पर्नेछ :-
(क) सामूहिक सौदाबाजी समितिमा रहेका श्रमिक प्रतिनिधिलाई ट्रेड युनियन वा श्रमिकहरुसँग सरसल्लाह गर्न र वार्ताको विषयमा जानकारी दिन उपयुक्त मौका दिने,
(ख) सामूहिक सौदाबाजी समितिमा रहेका श्रमिक प्रतिनिधिलाई सामूहिक सौदाबाजी प्रक्रियामा सहभागी भर्इ वार्ता, मेलमिलाप वा सामूहिक सम्झौता गर्नको लागि तोकिएको दिनको लागि पारिश्रमिक सहितको बिदाको व्यवस्था गर्ने।